के तपाईं रक्सी पिउनुहुन्छ? यी ३ स्वास्थ्य परीक्षणहरू अवश्य गर्नुपर्छ || Thinking about having a drink? Here are 3 important health checks you should consider.

"के तपाईं रक्सी पिउनुहुन्छ? यी स्वास्थ्य परीक्षणहरू अवश्य गर्नुपर्छ:

खाने मुखलाई जुँगाले छेक्दैन भनेर रक्सी पिउनेलाई अर्तीउपदेशले त्यति काम नगरोस्। यद्यपि रक्सी पिउनै परेपनि, त्यसको मात्रा मिलाउनु उत्तम हुन्छ। के भनिन्छ भने, महिलाले एक हप्तामा १४ युनिट पुरुषले १६ युनिटसम्म पिउँदा हानि हुन्दैन। यो स्वस्थ महिला वा पुरुषको हकमा हो। यदि रोगी, औषधि खाएरहेका व्यक्ति छन् भने, उनीहरूमा रक्सीको यो मात्रा लागू हुँदैन। 

धेरैले भनिरहेका हुन्छन्- ‘कहिलेकाहीं पिउँदा असर गर्दैन होला। हार्ड ड्रिंक गर्दिन, वाइन बियर मात्र पिउँछु त्यसैले खास असर नगर्ला।, हाम्रो प्रवृत्ति के भने रक्सी पिउँदा पूरा मात्नुपर्ने, बेहोसै हुनुपर्ने, बान्ता नै गर्नुपर्ने। यसरी खाँदा जो कोहीलाई हानि गर्छ। बेलाबखत पिउनुहोस् वा नियमित, अत्यधिक पिउनु शरीरका लागि उत्तिकै हानिकारक छ। यस्तै ह्विस्की पिउनुहोस् वा वियर या वाइन नै। सबै मदिरा नै हुन्, हानि नगर्ने भन्ने हुन्न। मेडिकल विज्ञानका अनुसार दिनमा ६० ग्रामभन्दा बढी रक्सी पिउने लगातार १० वर्षसम्म रक्सी पिइरहेका मान्छेको कलेजो खराब हुने जोखिम उच्च हुन्छ। त्यसैले उनीहरूले केही स्वास्थ्य परीक्षण आवश्यक गर्नुपर्छ:

. लिभर फंक्शन टेस्ट (एलएफटी) अर्थात् कलेजोको कार्य परीक्षण / Liver function test (LFT) means liver function test

. अल्ट्रासाउण्ड (भिडियो एक्सरे) / Ultrasound (video x-ray)

. फाइब्रो स्क्यान परीक्षण / Fibroscan test

एलएफटी अर्थात् कलेजोको कार्य परीक्षण (Liver function test (LFT) :

कलेजो कार्य परीक्षण (एलएफटी) कस्तो भनी रगतबाट जाँच गरिन्छ। यसमा प्रोटिन, एल्बुमिन, ग्लोबुलिन, बिलिरुबिन, एएसटी (एसजीओटी) एएलटी (एसजीपिटी), अल्कालाइन फोस्फेटेजको परीक्षण गरिन्छ। यसैगरी गामा ग्लुटामिल ट्रान्सपेप्टिडेज (जीजीटी) लैक्टेट डिहाड्रोजिनेज (एलडीएच) जाँच गरिन्छ।


Liver Test  (एलटी )  परीक्षणमा प्रोटिनको स्तर मापन गरिन्छ। शरीरमा एएलटीको स्तर नर्मल भने कलेजो ठीक भन्ने बुझिन्छ। यदि एएलटीको स्तर उच्च भएमा कलेजो केही खराबी वा क्षति भएको बुझिन्छ।

अल्बुमिन परीक्षण (Albumin test:) :

यो परीक्षणले शरीरमा अल्बुमिनको स्तर मापन गरेर कलेजोको कार्यप्रणाली निर्धारण गर्न मद्दत गर्छ। अल्बुमिन कलेजोद्वारा निर्मित मुख्य प्रोटिन हो। अल्बुमिनको कम स्तरले कलेजोले राम्रोसँग काम गरिरहेको छैन भन्ने संकेत गर्छ।

बिलिरुबिन परीक्षण (Bilirubin test):

शरीरमा बिलिरुबिनको उच्च स्तरको उपस्थिति भनेको कलेजोले राम्रोसँग काम गरिरहेको छैन। जन्डिस बढेमा बिलिरुबिन स्तर बढ्छ।

अल्ट्रासाउण्ड (भिडियो एक्सरे)/ Ultrasound (video x-ray):

मदिरापान गर्ने व्यक्ति लागि भिडियो एक्सरे अत्यन्त आवश्यक छ। यसले फ्याटी लिभर, अल्कोहोलिक हेपाटाइटिस, लिभर सिरोसिस, कलेजोमा क्यान्सरको जोखिममा पर्खन दिन्छ, कि छैन भन्ने थाहा पाइन्छ।

पहिलो चरणमा फ्याटी लिभर  (Fatty liver) अर्थात् कलेजोमा बोसो जमेको कि छैन भन्ने भिडियो एक्सरेबाट थाहा हुन्छ। फ्याटी लिभर(Fatty liver) को समस्या देखिएमा चिकित्सकलाई जाँच गराई उपचार गरिहाल्नुपर्छ। , पूर्ण रुपमा निको पार्न सकिन्छ।

"अरू पनि, अल्कोहोलिक हेपाटाइटिस, जुनले कलेजोमा आगो लगाएर रातो गरेको , त्यसले अब देखिनु पर्ने गरी चिन्ता गरेको छ। तपाईंले हेर्नुभएन, त्यसले कसैले पत्ता लगाएनन् पर्याप्त वेळामा। यदि समयमै उपचार भइरहेको भने, कलेजो सामान्य रुपमा पुनःस्थान गर्न सक्छ।

थपतिनि, लिभर सिरोसिस भनेको कलेजोको संरचनामा पूर्ण रुपमा खराबी भएको अवस्था हो। भिडियो एक्सरे ले लिभरमा कति क्षति भइसकेको भन्ने थाहा पाइन्छ। तर लिभर सिरोसिस भएमा, कलेजोलाई पूर्ण रुपमा पुनः स्वस्थ बनाउन सम्भावना कम छ।"यस्तो अवस्थामा क्यान्सरको जोखिम बढी हुन्छ। चौथो, कलेजोको क्यान्सर भएको हो कि होइन पत्ता लगाउन सकिन्छ।

फाइब्रो स्क्यान परीक्षण:

फ्याटी लिभर देखिएमा स्क्यान परिक्षण गर्न सकिन्छ। यसबाट कलेजोमा बोसो कति फैलिएको कलेजो गिलो कि साह्रो भनेर थाहा पाउन सकिन्छ। यसबाहेक शरीरमा भिटामिन (vitamins) को कमी भएर स्नायु (nerves)  कमजोर हुने, रगतमा सुगर (blood sugar) को कमी हुने हड्डी कमजोर हुने हुन्छ। तर यसो भन्दैमा मदिरा पिउनुपर्छ भन्ने होइन। किनभने हाम्रो समाजमा मदिरा नापेर पिउने बानी कसैले छैन पिउन थालेपछि झ्याप नभएसम्म पिउँछन्।"

Read Also : What to avoid after workout

Also Check out : फोनको मूल्य १.२५ लाख, कभरको मूल्य १२.५ लाख, Samsung को S24 अल्ट्रामा कसरी भयो यस्तो अचम्मको कुरा ?

Post a Comment

0 Comments